फोटो फिचर

काठमाडौंको दुई स्थानमा दुई वटा गाडीमा आगजनी,दुर्गा प्रसाईंको पर्चा समेत भेटियो

Banner

काठमाडौँ,फागुन १९ –

प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ ।

राजधानीको सुकेधारा र नैकापमा बिहान करिब ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको छ ।

निर्वाचन बिथोल्न लागि विभिन्न अभिव्यक्ति र क्रियाकलापमा संलग्न अभियन्ता प्रसाईलाई नेपाल प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुई वटा सवारी साधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए ।

तस्बिरः प्रकाश चन्द तिमिल्सेना /नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>