Breaking News

अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

Banner

वासिङ्टन डीसी ,फागुन १९ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग अनन्तकालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डारण रहेको दाबी गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले अमेरिका हतियारले भरिपूर्ण रहेको र ठूलो जित हासिल गर्न तयार रहेको बताएका हुन्।

वासिङ्टन डीसीको समयअनुसार गएराति एक पोस्ट गर्दै ट्रम्पले अमेरिकासँग मध्यम र उच्च-मध्यम स्तरकाुहतियारहरूको प्रचुर भण्डार रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, यिनै हतियारहरूको मात्र प्रयोग गरेर पनि युद्धहरू अनन्तकालसम्म लड्न सकिन्छ।

इजरायलसँग मिलेर अमेरिका इरानसँगको आक्रमणमा रहेका बेला ट्रम्पबाट यो भनाइ आएको हो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>