चितवन विशेष

चितवनमा सेनाले सुरु गर्‍यो मोटरसाइकल गस्ती

Banner

भरतपुर,फागुन १४-

आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन चितवनमा नेपाली सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ । भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न सेनाले मोटरसाइकल गस्ती सुरु गरेको हो ।

सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आकस्मिक अवस्थाको तत्काल प्रतिकार्य गर्न तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले गस्ती सुरु गरिएको नयाँ सबुज गण भरतपुरले जानकारी दिएको छ । गाडी तथा संयुक्त सुरक्षा गस्तीसमेत गरिरहेको सेनाले मोटरसाइकलमा मतदानस्थल केन्द्रीत मोबाइल पेट्रोलिङ गर्नेछ ।

मोटरसाइकलमा गरिने मोबाइल पेट्रोलिङबाट गाउँ बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडक खण्डहरूमा नियमित उपस्थित हुन सहज हुने र थप सुरक्षा सुदृढ हुने बताइएको छ । चितवनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीले चौबीसै घण्टा गस्ती गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>