Breaking News

रास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश

Banner

बिकास अधिकारी,

परासी,फागुन १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ। आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराउनुभएको हो। रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गर्नुभएको थियो। चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाइ धक्का लागेको छ । रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट हुनुहुन्थ्यो । सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्यागको घोषणा गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>