चितवन विशेष

भरतपुरको डाक्टर साथी प्याथोलोजीमा ४ सय ९९ मा थाइराइड जाँच गर्न पाइने

Banner

भरतपुर,फागुन ६-

भरतपुरको डाक्टर साथी प्याथोलोजीमा ४ सय ९९ रुपयाँमै थाइराइड जाँच गर्न पाइने भएको छ । अस्पताल रोडको सहकारी तालिम केन्द्रको कार्यालय अगाडि रहेको प्याथोलोजीले केही समयका लागि बिशेष छुटमा थाइराइड जाँच गर्ने भएको हो । यस्तै डाक्टर साथी प्याथोलोजी एण्ड हेल्थ होम केयर सर्भिसेजले एक साता निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । भोली फागुन ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनेछ । शिबिरमा हरेक दिन बिहान ७ बजेदेखि निःशुल्क सुगर तथा प्रेसर जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा लिन सकिने क्लिनिकले जनाएको छ ।

व्यस्त जीवनशैली, अस्वस्थ खानपान तथा तनावका कारण मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता रोगहरू तीव्र रूपमा बढिरहेको सन्दर्भमा समुदायलाई लक्षित गर्दै संचालन गरिएको शिविरमा ल्याब परिक्षणमा ५० प्रतिशत छुट रहेको शिविरमा थाइराइड जाँचको लागि ४९९, थाइराइड विशेष जाँच १५ सय, होल बडी जाँचको ५ हजार ९ सय ९९ र सम्पूर्ण स्वास्थ्य सेवा घरमै उपलब्ध हुने क्लिनिकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>