Breaking News

विश्वकपः आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

Banner

काठमाडौं,फागुन ३-

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ ।

समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ भने वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>