खेलकुद

भरतपुर मेयर्स कप क्रिकेटको सेमीफाइनल समीकरण पूरा

Banner

चितवन, माघ २९–

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको संयोजनमा आयोजित तेस्रो संस्करणको भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिता २०८२ को सेमीफाइनल समीकरण पूरा भएको छ ।

आज (बिहीबार) लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।
सेमीफाइनल प्रवेश गर्नेमा चितवन मावि, नारायणी नमुना मावि, अर्किड सेकेण्डरी स्कुल र वाल्मीकि शिक्षा सदन रहेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शुक्रबार हुँदैछन् ।

पहिलो सेमीफाइनलमा विहान ९ः३० बजे चितवन मावि र नारायणी नमुना मावि भिड्ने छन् भने दिउँसो दोस्रो सेमीफाइनलमा अर्किड सेकेण्डरी स्कुल र वाल्मीकि शिक्षा सदन भिड्ने छन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>