Breaking News

देश चलाउनु गुच्चा खेलेजस्तो होइनः ओली

Banner

काठमाडौं, माघ २२-

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको बताएका छन् । बुधबार (माघ २१) बेलुका झापावासीसँगको भेटघाटका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

देश चलाउने विषय कुनै खेल वा ठट्टा नभएको उनले उल्लेख गरे । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लक्षित उनले एउटा पनि आमनिर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गरे ।

“एउटा आमनिर्वाचन लडेको छैन, प्रधानमन्त्री हुन्छु, हुन्छ भनिदिएको छ । प्रचार गरेको छ, होहल्ला मच्चाएको छ । हो कि क्या हो भनेको जस्तो पारेको छ,” उनले भने, “कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरेको देखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन ।”

अमेरिकासहितका देशमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेका उनले बताए । “केही नजानेका, गुलेली, मट्यांग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे,” उनले भने, “अमेरिकामा के भनिन्छ, ८० वर्षका खली खाएका अनुभवी त्यहाँ नेता छन् । त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो ।” न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>