चितवन विशेष
भरतपुरका सबै उडान आज रद्द
०

चितवन, माघ १६–
भरतपुर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेन ।
खराब मौषमका कारण आज विमानस्थल बन्द हुन पुग्यो । उडानका लागि भिजिविलिटी नपुगेपछि आजका सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुनेमा आज दुई हजार ५ सय मात्रै पुगेको थियो ।
भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । भरतपुर विमानस्थल हुँदै दैनिक ५ सय भन्दा बढी यात्रुहरु चितवन–काठमाडौं र पोखरा आवातजावत गर्दै आइरहेका छन् ।
हवाइ जहाज मार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६१५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७१५ रुपैयाँ टिकट शुल्क रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























