Breaking News

ओलीले भनेः सरकारले आजका दिनसम्म पनि निर्वाचनको माहौल बनाउन सकेको छैन

Banner

काठमाडौं,माघ १५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्। बिहीबार फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रमाथि विज्ञहरूको सुझाव संकलन गर्न आयोजित छलफल कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भनेको सो कुरा एमाले केन्द्रीय कार्यालयका प्रचार संयोजक मीनबहादुर शाहीले प्रेस नोटमार्फत जानकारी दिएका छन्। वक्तव्यमा ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले’ बताएको उल्लेख छ। यस्तै छलफलमा पार्टीले राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको पनि ओलीले बताएका थिए।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने बताउँदै ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताए । यस्तै उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिएको कुरा पनि प्रेस नोटमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>