खेलकुद

आरम्भ कलेजमा ‘आरम्भ कप बास्केटबल प्रतियोगिता’ हुने

Banner

चितवन, माघ १३–

चितवनको भरतपुर–११, स्थित आरम्भ कलेजको आयोजनामा ‘आरम्भ कप बास्केटल प्रतियोगिता’ हुने भएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको कलेजले जनाएको छ ।
प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्टमा हुनेछ । आयोजकका अनुसार यस प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ ।
प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघका आधिकारिक नियमअनुसार सञ्चालन गरिने जानकारी दिएको छ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोलीको व्यवस्थापन गरिएको छ। प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा सदस्यहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>