देश/प्रदेश
नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललको उम्मेदवारी रद्द
०

नवलपरासी, माघ ८–
मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द गरेको छ ।
नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री समेत रहेका कँडेलको उम्मेदवारी निर्वाचन कार्यालयले रद्द गरेको हो ।
कांग्रेसबाटै मनोनयन दर्ता गरेका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
क्षेत्र नम्बर २ मा कांग्रेसका थापा र कँडेलले टिकट ल्याएर मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । ५७ जना उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























