Breaking News

२४ घण्टामै बालेनलाई सघाउन गएका युवासंघका नेता एमाले फर्किए

Banner

दमक, माघ ८-

नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक युवा पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव पद छोडेर बालेनलाई जिताउन गएका कमल गैरे २४ घन्टा पनि नबित्दै पुनः पार्टीमै फर्किएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै पार्टीमै फर्किएको घोषणा गरेका छन्।फेसबुकमा उनले लेखेका छन्, ‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै आएको संगठित सदस्य हुँ। विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न रहँदै आएको छु।’ ‘हिजो भएका गल्ती सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको यही पार्टीमा हिजो पनि थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु।दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओली नै उपयुक्त नेतृत्व भएको ठहर गर्दै उहाँलाई जिताउन यही पार्टी तथा संगठनमा रही सक्रिय रूपमा लागिरहने संकल्प व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>