Breaking News

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

Banner

काठमाडौँ, माघ ६-

प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गर्दै छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका रहँदा अध्यक्ष ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

यसैबिच पूर्वप्रधानमन्त्री ओलीले उम्मेदवारी दर्ताअघि आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्।

उनले लेखेका छन्, ‘शुभ बिहानी ! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस् !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>