चितवन विशेष
नेपाल रेडियोलोजिकल सोसाइटीको बागमती प्रदेश समिति विस्तार

चितवन, माघ ३–
नेपाल रेडियोलोजिकल सोसाइटीको बागमती प्रदेश समिति विस्तार गरिएको छ । चितवनको भरतपुरस्थित मौलकालिका अस्पताल परिसरमा शनिबार भएको कार्यक्रमबाट समिति बिस्तार गरिएको हो ।
प्रदेश समितिको अध्यक्षमा चिरञ्जीवी पन्थी रहेका छन् भने निवर्तमान अध्यक्ष अमृत काफ्ले छन् । यस्तै उपाध्यक्षमा स्वेच्छा जोशी, सुसन श्रेष्ठ, राघबेन्द्र कुमार यादव, महासचिवमा निरज यादव, सचिवमा सन्तोष मिजार, कोषाध्यक्षमा सुजन श्रेष्ठ र सह–कोषाध्यक्षमा कमल शर्मा रहेका छन् ।
सदस्यहरुमा मातृका धिताल, नन्द कुमार चौधरी, मुकेश कुमार झा, ज्ञानु भण्डारी रहेका छन् । यस्तै सल्लाहकारमा डा.सूर्य सापकोटा, डा.रमेश घिमिरे, डा.सन्जित शाह, जय नारायण झा, अनिल पण्डित निरञ्जन थापा नियुक्त भएका छन् ।

कार्यक्रममा रेडियोग्राफी तथा रेडियोलोजी क्षेत्रमा२० वर्ष भन्दा बढी समय सेवा पुर्याउने रेडियोग्राफी तथा रेडियोलोजिकल टेक्नोलोजिष्टहरुलाई सम्मान गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेको प्रमुख आतिथ्यता तथा चिरञ्जीवी पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भित्रका १६० भन्दा बढी रेडियोग्राफी टेक्नोलोजिष्ट, टेक्निसियन तथा रेडियोग्राफी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडियोलोजिकल सोसाइटी नेपालका केन्द्रीय उपाध्यक्ष महेश्वरी श्रेष्ठ, साृसाइटीका सल्लाहकारहरु अशोक शाह, अनिल पण्डित र जय नारायण झाको विशेष उपस्थिति रहेको थियो ।



























