चितवन विशेष

रास्वपाले टुंग्यायो सोविता गौतमको निर्वाचन क्षेत्र,चितवन ३ बाटै निर्वाचन लड्ने पक्का

Banner

चितवन,माघ ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रास्वपा नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउने क्रम सुरु गरेको छ । जसमा उपसभापति डा.स्वर्णिम वाग्ले तनहुँ– १ बाट निर्वाचन लड्ने पक्का भएको उनैले जानकारी दिएका छन् । वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजकसमेत हुन् । आज बसेको समितिको बैठकले समितिका अरू सदस्य शिशिर खनाल र सोविता गौतमले निर्वाचन लड्ने क्षेत्रसमेत निश्चित गरेको छ, जसमा खनाल यसअघि निर्वाचित भएको काठमाडौं– ६ बाट चुनाव लड्नेछन् भने गौतम चितवन– ३ झर्नेछिन् । उनी यसअघि काठमाडौं– २ बाट निर्वाचित भएकी थिइन् ।

संयोजक वाग्लेका अनुसार आज १ सय ६५ निर्वाचन क्षेत्रका बारेमा समितिले सिफारिस गरेर सचिवालयमा नाम दिएको छ, जसमा हिमाली र पहाडी जिल्लाको नाम आइतबार बिहानै टुंगो लाग्नेछ भने उम्मेदवारलाई टिकट नै वितरण गरिनेछ ।

त्यस्तै, सुगम र शहरी क्षेत्रका उम्मेदवारलाई भने आइतबार साँझसम्ममा टिकट दिइने कार्यतालिका छ । वाग्लेका अनुसार यसअघि सांसद भइसकेका र प्रदेश सभापति स्वतः उम्मेदवार बन्नेछन् । २१ फागुनमा हुने प्रतिनिधिसभाको उम्मेदवार बन्न यसपटक रास्वपाका ७ सय ५० जनाले आकांक्षा राखेको वाग्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>