Breaking News
गगन थापा नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग
०

काठमाडौं, माघ २
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।
आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























