Breaking News

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

Banner

काठमाडौं,पुस २९-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताउनु भयो । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताउनु भयो ।

२०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीको रुपमा हामी ले जिताउन सक्छौँ । पहिलो पार्टी बनाउनुपर्छ । सामान्य आँखाले हे¥यो भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ तर आज तपाईंहरु हेर्नुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुई वटा, कहिले तीन वटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गयो । पहिलो पल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको छ । २०६२—२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ ।’

अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताउनु भयो । आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाको लागि प्रतिवद्ध रहने बताउनु भयो । आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गर्नुभयो । मुलुकमा अभिभावकको भुमिकामा राजसंस्था हुुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नजेहरु एक हुनुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>