Breaking News

देउवालाई गगनले फेरि भने- पार्टीको कार्यक्रम हो, आउनुस्

Banner

काठमाडौं, पुस २८-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनस् आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुन: आग्रह गरेका हुन् ।

उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन अपिल गरेका थिए । ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’ थापाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>