Breaking News
सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुदैँछ ?
०

काठमाडौँ ,पुस २८ –
नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन चार हजार १०० रुपैयाँ बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो (आइतबार) सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १९५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























