Breaking News

उज्यालो नेपालले गर्‍यो एकता प्रक्रिया भंग, चिम चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने

Banner

काठमाडौं,पुस २६-

उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सितको एकता प्रक्रिया भंग गरेको छ । शनिबार (पुस २७) काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकबाट एकता प्रक्रिया भंग गर्ने निर्णय गरिएको हो ।

अब पार्टीले बलेको चिम चुनाव चिह्नबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । बैठकबाट अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । कुलमानले आफूले आजै पार्टीको सदस्यता लिएको र बैठकबाट अध्यक्षमा नियुक्त भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>