Breaking News

चितवन-२ मा उम्मेदवार बन्न एमालेका १५ जना आकांक्षि, क्षेत्रीय कमिटीले को-को लाई गर्‍यो सिफारिस ?

Banner

चितवन, पुस २२-

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)क्षेत्र नम्बर–२ चितवनले पन्ध्र जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिको मगंलबार बसेको बैठकले पार्टी नेताहरुको आकांक्षाको आधारमा उनीहरुको नाम संकलन गरेर जिल्ला कमिटीमा सिफारिस गरेको हो । उम्मेद्वार बन्नका लागि नयाँदेखि पुराना नेताहरुले आकांक्षा व्यक्त गरेका छन् ।

सिफारिस हुनेहरुमा एमाले नेता तथा राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष देवि ज्ञवाली, संविधान सभा सदस्य कृष्णभक्त पोख्रेल, पूर्व प्रदेश मन्त्री विजय सुवेदी, प्रदेश सांसद कृष्ण सिलवाल,शिक्षाविद् रमाकान्त सापकोटा रहेका छन् । यस्तै चितवन बारका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डा तिलचन्द्र भट्टराई, अधिवक्ता, सुनिता अधिकारी, युवा परिषद् चितवनका पूर्व अध्यक्ष अस्मिन घिमिरेले उम्मेदवार बन्न आकांक्षा जाहेर गरेका छन् ।

यस्तै पर्यटन व्यवसायी रामचन्द्र कंडेल, देवघाट क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक धिरनबाबू घिमिरे, पूर्व सांसद शारदा कुमाल, कृषि उद्यमी शम्भू सुवेदी, युवा संघ चितवनका पूर्व अध्यक्ष शंकर अधिकारी र युवा नेता अविरल पोखरेलको नाम समेत उम्मेदवारको आकांक्षिका रुपमा सिफारिस गरिएको क्षेत्रीय कमिटी सचिव तथा एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिनुभयो । उनीहरुको नाम आकांक्षका आधारमा जिल्ला कमिटीमा सिफारिस गरिएको हो । भोलि जिल्ला कमिटीको बैठकले अन्तिम नाम प्रदेश हुँदै केन्द्रिय कमिटीलाई सिफारिस गर्ने जिल्ला सचिव प्रकाश ढुंगानाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>