Breaking News
ट्रम्पले भने- अमेरिकाले भेनेजुएलालाई सञ्चालन गर्छ
०

काठमाडौं,पुस २०-
अमेरिकाले हवाई आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नगरेसम्मको अवधि भेनेजुएलालाई सञ्चालन गर्ने बताएका छन् । अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको खराब पूर्वाधार ठीक गर्ने र देशका लागि पैसा कमाउन थाल्ने ट्रम्पले बताए ।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरेको थियो, जसमा मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले समाते । त्यसपछि अमेरिका ल्याएका थिए । यसैबीच भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गरेको र सैन्य आक्रमणको भर्त्सना गरेको छ । देशकी उपराष्ट्रपतिले मादुरो नै एकमात्र नेता भएको बताएकी छन् ।
अमेरिकी महान्यायाधिवक्ताले मादुरो ड्रग र हतियार अभियोगमा पक्राउ परेको बताए । बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















