Breaking News
आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो
०

काठमाडौँ, पुस १८-
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको हो ।
आज सुन प्रतितोला २९०० रुपैयाँले बढेको महासंघकाले जानकारी दिएको छ । हिजो (बिहीबार) तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























