Breaking News
हेलिकप्टर चढेर वनभोज खान पुगे मुख्यमन्त्री बानियाँ
०

सिरहा, पुस १७-
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आएका छन् । सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ यहाँ आएका हुन् ।
अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका १४ स्थित सर्रेअम्बासमा वनभोज आयोजना गरेका थिए । मुख्यमन्त्री बानियाँ सोही वनभोजमा माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट यहाँ आएका थिए ।
यसका अलावा वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि आइपुगेका थिए । उनीहरू भने सरकारी गाडी प्रयोग गरी वनभोज खान आइपुगेका हुन् । वनभोज कार्यक्रममा सभापति यादवनिकट जिल्लाका नेता कार्यकर्ता पनि आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















