Breaking News
ओलीलाई बयानमा बोलाउने तयारीमा जाँचबुझ आयोग
०

काठमाडौँ, पुस १७-
जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने बताएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका हुन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई सोधे– एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ ? जवाफमा अध्यक्ष कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताए । उनले भने, ‘उहाँलाई बोलाउने क्रममा छौँ हामी।’
‘बोलाउँदा पनि आउनु भएन भने के गर्नु हुन्छरु’ सञ्चारकर्मीले सोधे। ‘आउनु भएन भने भोलिको कुरा भोलि नै हुन्छ’, कार्कीले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























