चितवन विशेष
चितवनबाट समानुपातिकमा कांग्रेस उम्मेदवार बिहिन
०

चितवन, पुस १५–
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनबाट समानुपातिकमा कांग्रेस उम्मेदवार बिहिन भएको छ ।
नेपाली कांग्रेसले मंगलबार दिउँसो निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनबाट कोही परेनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनका २२ जनालाई समावेश गर्दा कांग्रेसको सूचीमा भने चितवन शून्य देखिएपछि सामाजिक संजालमा बिरोधको स्वर सुनिन थालेको छ ।
‘आज बिहानसम्म चितवनबाट कम्तीमा एकजना पर्ने भन्ने सुनेको थिएँ । अहिले परेनन् अरे भन्ने सुनेको छु ।’ कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भन्नुभयो । स्थानीय होस् या संसदीय निर्वाचन हरेक चुनावमा चितवन कांग्रेसभित्र अन्तर कलह सतहमा आउने गर्छ ।
कांग्रेसले तीन वटै निर्वाचन क्षेत्रबाट एक दर्जना भन्दा बढीको नाम समानुपातिकका लागि सिफारिस गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























