सूचना-प्रविधि
एनसेलको पोखरा डाटा सेन्टर मन्त्री खरेलले गरे अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजना उद्घाटन

पोखरा,पुस १५-
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पोखराको तालचोकस्थित एनसेलको डाटा सेन्टरको अवलोकन गरेका छन् । मन्त्री खरेललाई डाटा सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले स्वागत गरेका थिए ।
अवलोकनपश्चात् मन्त्री खरेलले डाटा सेन्टरको व्यवस्थापन प्रशंसनीय रहेको बताए । डाटा सेन्टरको व्यवस्थापन पक्ष राम्रो पाएको भन्दै उनले प्रशंसा गरे । साथै, उनले सरकारले आवश्यक सहयोग गर्ने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै उनले डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डाटा सेन्टर एक रहेको बताए ।
एनसेलका तर्फबाट घिमिरेले सहजीकरण गर्दै डाटा सेन्टरको क्षमता, व्यवस्थापन र प्राविधीक पक्षको जानकारी गराएका थिए । पोखरामा रहेको डाटा सेन्टर डिजास्टर रिकभरी सेन्टर हो । सन् २०१२ मा सञ्चालनमा आएको यो सेन्टरले २०१५ मा क्षमता विस्तार गरेको थियो ।


























