चितवन विशेष

नव चितवन साकोसको अध्यक्षमा कृष्ण बिलास

Banner

चितवन, पुस १३-
चितवनको भरतपुर-१०, स्थित नव चितवन साकोसको अध्यक्षमा कृष्ण बिलास अधिकारी चयन भएका छन् ।
शनिबार भरतपुरमा भएको २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै सञ्चालक समितिको सदस्यहरुमा पारश्वर शर्मा, शिव तिमल्सिना, अरुणेश्वर खनाल, विश्वराज लम्साल, काशीराम वाग्ले, सुशील राना, बिन्दु खनाल सापकोटा र दिवा ज्ञावली आचार्य सर्वसम्मत चयन भएका छन् ।


यसैगरी लेखा समितिको संयोजक कुलचन्द्र पण्डित, सदस्यहरुमा एकनारायण शर्मा र बिमला शर्मा लम्साल चयन हुनु भएको छ ।
अधिवेशन भरतपुर-१० का वडा अध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यतामा तथा साकोसका अध्यक्ष रामप्रसाद ओस्तीको अध्यक्षतमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा विभिन्न व्यक्तित्वहारु सम्मान गरिएकोको सहकारीका व्यवस्थापक उदय बाबू बरालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>