Breaking News

उवासंघ चितवनको अध्यक्षमा चिरञ्जीजी सुवेदी सहित पदाधिकारीको उम्मेदवारी घोषणा

Banner

चितवन, पुस ८-

उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । भरतपुरमा आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सुवेदीले आफ्नो समुहको पदाधिकारीको उम्मेद्वारी घोषणा गरेका हुन् । सुवेदी संघको वरिष्ठ उपाध्यक्ष हुन् । सुवेदी समुहबाट वरिष्ठ उपाध्क्षमा हालका उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्षमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ ।

अध्यक्षका उम्मेदवार सुवेदी ५ पटक उवासंघको पदाधिकारी बनिसकेका छन् । उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष २, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेर काम गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै सुवेदीले चितवनलाई आर्थिक केन्द्र बनाउन पहल गर्नका लागि २८ बुँदे प्रतिबद्धता जनाएका छन् । ‘आर्थिक शिथिलताले ग्रसित अर्थव्यवस्थाबाट मर्का परेका व्यवसायीहरुलाई राहत दिन घरबेटीहरुसँग घरघाडा बृद्धि नगर्नका लागि समन्वय गर्नुको साथै घरभाडा कर घरबेटीले व्यहोर्नुपर्ने मान्यता स्थापित गर्न स्थानीय तथा अन्य निकायसँग समन्वय गर्ने प्रतिवद्धता जनाउछु’– उनले भने ।

नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर सामाजिक आर्थिक अवस्थाले देशको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्योग व्यवसायमा गम्भिर रुपमा असर परेका बताउँदै यसका समाधानका लागि निजी क्षेत्रको तर्फबाट घचघच्याउने उनले बताए । उनले चितवनको कृषि, पर्यटन, स्वास्थ्य, उद्योग क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओली १४ वर्षदेखि उवासंघमा आवद्ध छन् । उनी कार्यसमिति सदस्य हुँदै द्धितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । उपाध्यक्षका उम्मेदवार अशोक अधिकारीले ३ कार्यलय कार्यसमिति र १ कार्यकाल द्धितीय उपाध्यक्षमा रहेर काम गरेका छन् ।

उपाध्यक्षका अर्का उम्मेदवार नारायण प्रधान ४ कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष भएर काम गरिसकेको छन् । अर्का उपाध्यक्षका उम्मेद्वार राजन पियाले कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका छन् ।

उद्योग वाणिज्य संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । ५ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् । उद्योग, वाणिज्य तर्फ छ–छ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना, क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। यस्तै, मनोनीत ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>