खेलकुद

एपीएफ माथि दिल्लीको फराकिलो जित, पुलिसको दोस्रो जित

Banner

चितवन, पुस ७–

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप अन्तरगत आज (सोमबार) भएका खेलहरुमा नेपाल पुलिस क्लव र भारतको दिल्ली वन्डर्स विजयी भएका छन् ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा नेपाल पुलिस क्लवले भारतको तलतला इन्स्टिच्युट क्लव कोलकातालाई २६ रनले पराजित गरेको हो । पुलिसले दिएको १५० रनको लक्ष्य पछ्याएको तलतला १८.१ ओभरमा १२३ रनमै समेटिएको थियो । तलतलाका लागि निखिल रावले २९, प्रशान्त श्रीवास्तवले २५, हिमांशु सिंहले १७ रनको योगदान दिए ।

तलतलालाई अलआउट गर्न पुलिसका राशिद खानले ४ ओभरमा २४ रन खर्चिदै ३ विकेट लिए भने श्रवण यादवले ४ ओभरमा १२ रन मात्रै खर्चिदै २ विकेट लिए । दीपक चन्द र अशोक धामीले पनि समान २ विकेट लिए । पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा १४९ रनमा अलआउट भएको थियो । सुजन थपलियाले ४७ बलमा ७० रनको अर्धशतकीय पारी खेले भने शंकर रानाले १९ रन बनाए । तलतलाका आदित्य चित्रान्सले ३, अताफ खानले २, सौरभ यादव र शिवम कुमारले समान एक विकेट लिए ।

खेलमा अर्धशतक बनाए पुलिसका सुजन थपलिया प्लेयर अफ दि म्याच चुनिए । यस्तै दिल्ली वन्डर्सले शसस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ९५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । दिल्लीले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ क्लव १४.५ ओभरमा ११७ रनमै अलआउट भयो । प्रतियोगिता अन्तरगत मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान चितवन क्रिकेट क्लव र त्रिभुवन आर्मी क्लव भिड्ने छन् भने दोस्रो खेलमा दिउँसो नेपाल पुलिस र एपीएफ क्लव भिड्ने छन् ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा आयोजक चितवन क्रिकेट क्लवसहित भारतका २ र नेपालका तीन विभागीय टोली आर्मी, एपीएफ र पुलिसले सहभागिता जनाएको छ । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता १३ गते सकिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>