चितवन विशेष

नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको कार्ययोजना गोष्ठि माडीमा सुरु

घरवहाल कर घरवेटीले नै तिर्ने होः नगर प्रमुख महतो

Banner

भरतपुर,असोज ६-

नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आ.व.२०८२/८४ को लागि दुई वर्षे कार्ययोजना गोष्ठि माडीमा आइतबारवाट सुरु भएको छ । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनु भएको थियो । महासचिव हरि प्रसाद भट्टले संचालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष सापकोटाले स्वागत मन्तव्य सहित मञ्चको स्थापना र गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले घरवहाल कर आम्दानी गर्ने (घरवेटी) ले नै तिर्नुपर्ने वताउनु भयो । घरवहाल कर जसले आम्दानी गर्छ उसैले तिर्ने हो नगर प्रमुख महतोले भन्नुभयो माडीमा पनि घरवहाल कर संकलन गर्ने कुरामा नगरपालिकाले पोलिसि निर्माण गर्ने तयारी गरेको छ । माडीमा पनि घरवहाल उपभोक्ता मञ्च रहेको विषयमा आफु जानकार रहेको वताउँदै आगामी दिनमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

दुई दिनसम्म चल्ने कार्ययोजना गोष्ठि चालु आवको लागि मञ्चको नयाँ कार्यक्रम निर्माण गरि सोमबार समापन हुने कार्ययोजना गोष्ठि कार्यक्रमका संयोजक एवं नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनु भयो । कार्ययोजना तर्जुमा गोष्ठिमा मञ्चका कानुनी सल्लाहकार गोपिला देवकोटा, सल्लाहकार इमान्दु बराल र पुर्व अध्यक्ष प्रभात ढुंगानाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सोहि कार्यक्रममा नेपाल घरवहाल उपभोक्ता मञ्च माडी शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा नारायण प्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्षमा लक्ष्मण सदाशंकर, उपाध्यक्षमा आरती महतो, सचिवमा मित्रलाल चापागाई, कोषाध्यक्षमा केशव तिवारी, सहकोषाध्यक्षमा सिर्जना पौडेल, सदस्यहरुमा मुक्ति काफ्ले, डिल बहादुर जिसी, सम्भु शाह रहनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>