चितवन विशेष

प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्वर ३ मा राप्रपाबाट बिक्रम पाण्डे एकल सिफारिस

Banner

भरतपुर,पुस ६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् ।पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ । जस क्रममा पाण्डेलाई चितवन–३ बाट सिफारिस गरिएको हो । उनि यसअघि दुई पटक सोही क्षेत्रबाट सांसद बनेर मन्त्री समेत भइसकेका छन ।

आज बसेको क्षेत्रिय समितिको बैठकले पाण्डेको नाम एकल सिफारिस गरेको राप्रपा क्षेत्र नम्वर ३ का अध्यक्ष मदन पौडेलले बताए । बैठकले समानुपातिक तर्फ सिफारिस हुनेको नाम छनोटका लागि अध्यक्ष पौडेललाई नै जिम्मेवारी दिएको छ । सोमबारसम्म तीन जना समानुपातिक उम्मेदवारको नाम सिफारिस गरिने पौडेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>