Breaking News

नवलपरासी-१ बाट चौधरीको उम्मेदवार सिफारिस

Banner

काठमाडौँ, पुस ६-

नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ। फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नवलपरासी-१ बाट कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ चौधरीको नाम सिफारिस गरेको हो। लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो।

चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएकोमा पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो। खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए। पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>