चितवन विशेष
चितवन हाकिमचोकको अटोवेज प्राली टोयोटा मोटर तथा स्पेयर पार्टसको एक मात्र अख्तियारप्राप्त सवडिलरः कम्पनी

भरतपुर,पुस ५-
जापानमा उत्पादित टोयोटा मोटर तथा स्पेयर पार्टसको अधिकृत बिक्रेता रहेको युनाइटेड ट्रेर्डस सिण्डिकेट प्रालीले चितवनको भरतपुर १० हाकिमचोकस्थित अटोवेज प्रालीलाई नारायणी अन्चल क्षेत्र भर टोयोटा मोटरहरु,सोको स्पेयर पार्टस् एवं लुब्रिकेन्ट बिक्री बितरण गर्न तथा सवारी मर्मतका लागि सव-डिलरको रुपमा नियुक्त गरेको छ । युनाइटेड ट्रेर्डसले एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
कम्पनीले नारायणी अन्चल क्षेत्रका लागि अटोवेज प्राली टोयोटा मोटरहरु,सोको स्पेयर पार्टस् एवं लुब्रिकेन्ट बिक्री बितरण गर्न तथा सवारी मर्मतका लागि एक मात्र अख्तियार प्राप्त सव डिलर रहेको भन्दै उल्लेखित बस्तु वा सेवाका लागि सोही कम्पनीसंग कारोबार गर्न अनुरोध गरेको छ । सो बाहेक अन्य कुनै व्याक्ति संघसंस्था वा कम्पनीसंग कारोबार गरी त्यसबाट सेवाग्राहीलाई कुनै हानी नोक्सानी हुन गएमा कम्पनी सो को जिम्मेबार नहुने समेत सूचनामा उल्लेख छ ।
























