अर्थ

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौं ,पुस ४-

नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी पनि तोलामा ७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>