चितवन विशेष
झुवानी माविका दृष्टिविहीनलाई न्यानो कपडा

रत्ननगर,मंसिर २९-
चितवनको रत्ननगर वडा नम्वर ५ स्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जापानको नागोयास्थित किवा कम्पनीमा कार्यरत नेपालीहरुले उनिहरुका लागि न्यानो कपडा उपलब्ध गराएका हुन । कम्पनीमा कार्यरत भोला अधिकारीको संयोजनमा विद्यालयका ४८ जना बालबालिकालाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रम मार्फत न्यानो कपडा वितरण गरिएको गामवेशिको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताउनुभयो । उहाँका अनुसार किवा कम्पनीमा कार्यरत नेपालीहरुको सहयोगमा चितवन, नवलपुरका आठ ठाउँमा करिब पाँच लाख बराबरको सहयोग प्रदान गरिएको छ ।
वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईँ आफ्ना बच्च जस्तै छात्रबासमा बसेर समाहित शिक्षा अध्यनरत बालबालिकाप्रति उत्तिकै संवेदनशिल भएर काम गरिरहेको बताउनुभयो । आफूहरुका लागि चार धाम यही भएको भन्दै पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म बाट आएका विद्यार्थीलाई सक्षम बनाउन लागिरहेको बताउनुभयो । उहाँले बालबालिकालाई सहयोग गर्ने जापानमा कार्यरत नेपालीलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका संयोजक भोला अधिकारीले नेपालका विभिन्न क्षेत्रमा गरिने सहयोगलाई निरन्तरता दिने भन्दै कम्पनीमा कार्यरत सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा समाजसेवी टिकाराम कुँबर, मुरलीप्रसाद गजुरेल, इम प्रसाद अधिकारी, खिम बहादुर थापा, बिष्णुमाया थापा, कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
























