चितवन विशेष

बाल्मीकि शिक्षा सदनको आयोजनामा म्याथ हन्ट कार्यक्रम

Banner

भरतपुर,मंसिर २७-

चितवनको भरतपुरस्थित बाल्मीकि शिक्षा सदनको आयोजनामा म्याथ हन्ट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा म्याथम्याटिक्सको अपरिहार्यता र विषय प्रतिको रुचि अभिबृद्धि गराउने उदेश्यले बाल्मीकि शिक्षा सदन अन्तर्गतको म्याथम्याटिक्स क्लब अफ बाल्मीकिको आयोजनामा बिहिबार प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितमा अर्किड कलेज प्रथम,नारायणी पब्लिक कलेज दोस्रो र अंकुरम एकेडेमी तेस्रो भएका छन ।

खेलको अन्तिम चरण पुग्नु अगाडि भएको इन्डिभिज्वल राउण्डको इन्टरग्रेशन म्याराथनमा अर्किड कलेजका क्रिष्टल सुवेदी,म्याथ स्प्रिन्टमा अरोमा कलेजका विकल अधिकारी र प्रुभ इटमा अर्किड कलेजका रितेश दवाडीले प्रथम स्थान हासिल गर्दै आफ्नो समूहलाई फाइनलमा पु¥याएका थिए । म्याथम्याटिक्स क्लब अफ वाल्मीकिका अध्यक्ष क्रिष्टल पण्डितको सभापतित्व एवं प्राध्यापक दयाराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदिप पौडेल र प्लस टु संयोजक बिष्णुप्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>