अर्थ
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि
०

काठमाडौँ, मंसिर २६ –
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस 
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























