Breaking News

देउवाले भने अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्छु

Banner

काठमाडौं , मंसिर २३-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताएका छन् ।

गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनाव  डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।

कांग्रेसले यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ । निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ । कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>