चितवन विशेष

चितवनमा हर्क साम्पाङको आमसभा, भारत र चीनलाई जित्न पार्टी खोलेको दावी

Banner

चितवन, मंसिर २१–

श्रम संस्कृति पार्टी नेपालले चितवनको नारायणी नदी किनारमा संगठन विस्तार तथा आमसभा गरेको छ ।

न्यून मानिसहरुको उपस्थितिमा गरिएको आमसभामा पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न नभई देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताएका छन् । वैदेशिक ऋणबाट देश चलेको भन्दै अब जनताको श्रमबाट देश विकास गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक दलहरु सही दिशामा नहिडकै कारण जनता फुर्सदिला भएको भन्दै सबैलाई श्रममा जोड्का लागि आफू राजनीतिमा आएको बताए ।

उनले आफ्नो पार्टी भारत र चीनको विकासलाई जित्न गठन भएको दावी समेत गरे । कार्यक्रममा साम्पाङलाई चितवनका सहकारी पीडितहरुले बचत फिर्ताको लागि पहल गरिदिन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । श्रम संस्कृति पार्टीले आउदो निर्वाचन लक्षित चितवनमा संगठन विस्तार थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>