चितवन विशेष
चितवनमा घरको गारो भत्किएर एक बृद्धाको मृत्यु
०

भरतपुर,मंसिर २१-
चितवनमा घरको गारो भत्किएर एक बृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १७ मनकामना टोलस्थित ८० वर्षिय मंगली सार्कीको आफ्नै घरको गारो भत्किएर च्यापिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गारोले च्यापिएर गम्भिर घाइते भएकी सार्कीलाई आज (आइतबार) दिउसो १२ः१५ बजे भरतपुर अस्पतालमा उपचारका लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोष्टमाटमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























