Breaking News

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

Banner

जनकपुर, मङ्सिर १७-

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ ।

आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा (६) उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।”

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा (६) को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>