देश/प्रदेश
‘छक्का पञ्जा’ले भन्दा धेरै कमाइ गरेको ‘परान’ को ग्रस कलेक्सन कति ?
०

काठमाडौँ, मंसिर १५-
फिल्म ‘परान’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ। प्रदर्शनको ३० औं दिन अर्थात शनिबारसम्म दीपकप्रसाद आचार्य (काकु) डेब्यु निर्देशित फिल्म ‘परान’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको हो । यस फिल्मले शनिबारसम्म १६ करोड १६ लाख ७७ हजार कमाएको छ।
‘छक्का पञ्जा’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै ‘परान’ सर्वकालिन धेरै कमाउने सूचीको छैटौँ स्थान बनाउन सफल भएको छ।
यसअघि छैटौँ स्थानमा रहेको ‘छक्का पञ्जा’ को व्यापार १६ करोड १० लाख रहेको छ। यहीँ रफ्तार रहेको खण्डमा चाडै यस फिल्मले ‘जारी’ को रेकर्ड तोड्नेसमेत देखिन्छ। किनकी पाँचौं स्थानमा रहेको ‘जारी’ को कूल कमाइ १७ करोड ४८ लाख देखिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























