अर्थ

चाँदीको मूल्यमा नयाँ कीर्तिमानी कायम , सुनको मुल्य पनि बढ्यो

Banner

काठमाडौँ , मंसिर १५ –

नेपालि बजारमा चाँदीको मूल्यमा नयाँ कीर्तिमानी कायम भएको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ कायम भएको छ, भने सुनको भाउ पनि प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>