चितवन विशेष

कपडा व्यवसायी संघ चितवनको अध्यक्षमा निरज कुमार श्रेष्ठ सर्वसम्मत चयन

Banner

चितवन, मंसिर ८–

कपडा व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी निरज कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
आज (सोमबार) सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा गोविन्द प्रसाद सिवाकोटी, महासचिवमा डिलाराम भट्टराई (दिलिप), सचिवमा राजेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुरेश कुमार गुप्ता चयन हुनु भएको छ । त्यसैगरी सदस्यमा कृष्ण धिताल र सुसान्त अग्रवाल ‘चाचान’ निर्विरोध रूपमा चयन भएको संघले जनाएको छ ।

अधिवेशनको समुद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष निरज श्रेष्ठले नारायणी किनारमा हुने मेला महोत्सवबाट नारायणगढका व्यवसायीहरुमा परेको असर बारे गुनासो पोख्नु भएको थियो । उहाँले यस्ता मेला महोत्सव बारे उद्योग वाणिज्य संघ चितवनलाई गम्भिर बन्न आग्रह समेत गर्नुभयो । अधिवेशनको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले कपडा व्यवसायी संघ सहकार्य गरेरै अघि बढेको स्मरण गर्दै आगामि दिनमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुने अधिकांशले आसन्न उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार रहेको घोषणा गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको अधिवेशन आउँदो पुसमा हुँदैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>