Breaking News

तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्ः ओली

Banner

काठमाडौं, मंसिर ६-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन्।

भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहने चुनौती दिए।

उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र।’

उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए। उनले संसद् पुनर्स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>