Breaking News

अब देशमा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, कोही डराउँदैमा केही फरक पर्दैनः ओली

Banner

काठमाडौं,मंसिर ६-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापना हुने दाबी गरेका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अब देश एमालेमय बन्ने दाबी गरे। उनले भने, ‘अब असंवैधानिक ढङ्गले भङ्ग भएको प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना हुनुपर्दछ। हुन्छ पनि अब अर्को बाटो छैन। त्यही बाटोबाट देश अगाडि बढ्छ। प्रतिनिधि सभा पुनर्स्थापना मात्रै देशको सही समाधान हो। को डराउँछ कसको सातो जान्छ त्यो बेग्लै कुरा हो।’

उनले पार्टीपंक्तिलाई प्रतिनिधि पुनर्स्थापनाको पक्षमा लाग्न निर्देशन दिए। उनले प्रतिनिधि सभा अनधिकृत, असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा विघटन भएको दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>