चितवन विशेष

शिरिष पन्तलाई निर्माण सामग्री व्यवसायीले बनाए सर्वसम्मत अध्यक्षका उम्मेदवार

Banner

चितवन, मंसिर ६–

आउँदो पुसमा उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयन हुने भएपछि अहिले व्यवसायीहरुमा चुनावी सरगर्मी बढ्दो छ । विभिन्न व्यवसायीक संस्थाहरुले आ–आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् ।

निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले पनि यसपटक आधिकारिक उम्मेदवार नै घोषणा गरेर चुनावी माहोलमा होमिएको छ । संघको दुई दिनसम्म चलेको विस्तारित बैठकले चितवन उद्योग बाणिज्य संघको आगामी अधिबेशनमा अध्यक्ष पदका लागि युवा व्यवसायी शिरिष पन्तलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । व्यवसायिक समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष, स्पष्ट कार्ययोजना र व्यवसाय मैत्री नेतृत्व क्षमता पन्तमा रहेको निष्कर्ष निकाल्दै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष नरहरि घिमिरेले बताउनुभयो ।

संघले सर्वसम्मत निर्णय गर्दै उद्योगी व्यवसायीहरु अहिले परिवर्तनको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै योग्य नेतृत्व रोज्ने बेला आएको बताएको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास यिनै निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवारीपूर्वक मत प्रयोग गर्न समेत संघले अपिल समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>