क्रिकेट

चितवन राइनोज दोस्रो खेलमा लुम्बिनीसंग ६ विकेटले पराजित

Banner

चितवन, मंसिर ४–

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तरगत आफ्नो दोस्रो खेलमा चितवन राइनोज पराजित भएको छ । टियु क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा लुम्बिनी लायन्ससंग चितवन ६ विकेटले पराजित भएको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । लुम्बिनीको जितमा गुलबदिन नायबले नटआउट ४४, कप्तान रोहित पौडेलले ३९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए । चितवनका रिजन ढकालले ३ ओभरमा १७ रन खर्चिदै २ विकेट लिए भने सोहिल तनभिरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । उसका लागि रवि बोपाराले ६६, कुशल मल्लले २१ रनको योगदान दिए । जारी प्रतियोगितामा बोपाराको लगातार दोस्रो अर्धशतक हो । उनी पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, अविशेष गौतम र गुलबदिन नायबले २ विकेट लिए । जारी प्रतियोगितामा लुम्बिनीले विजयी सुरुवात गरेको छ चितवन दोस्रो खेलमा पराजित हुन पुग्यो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>